त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखला: टस हारेर ब्याटिङ गर्दै नेपाल

हेटौंडा खबर
April 4th, 2022

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ। यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो।

नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जीतसहित फाइनलको टिकट काटेको थियो। यस्तै पीएनजीले भने तीन हार र एक जीतसहित फाइनलमा स्थान बनाएको हो।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*