पल शाहलाई थुनामा राख्न पुर्वी नवलपरासी अदालतले पनि दियो आदेश

हेटौंडा खबर
April 7th, 2022

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत पुर्वी नवलपरासीले पनि आदेश दिएको छ। शाहलाई न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

उनी केही दिनअघि जिल्ला अदालत तनहुँको आदेशमा शाह कारागार चलान भइसकेको छन् । नाबालिगलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गर्दै आएको भन्दै पीडित परिवारले उनीविरुद्ध जिल्ला तनहुँमा जाहेरी दिएका थिए ।

शाहलाई तनहुँ कारागारबाट थुनछेक बहसका लागि मंगलबार नवलपुर लगिएको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको थियो ।

जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।

सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*