प्रधानमन्त्री देउवाले गरे टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ
हेटौंडा खबर
April 7th, 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् ।
काठमाडौंको दरबार स्कूलबाट बिहीवार टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ गरिएको छ ।खोप अभियान देशभर सञ्चालन हुनेछ । सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान गर्दैछ ।


