बर्ड फ्लू नियन्त्रण गर्न रातोमाटेमा चेकपोष्ट स्थापना

हेटौंडा खबर
April 7th, 2022

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ। उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईं उद्घाटन गरिन्।

कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ। सो अवसरमा मन्त्री हुमागाईंले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताईन्।

कार्यक्रममा निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*