वीरगन्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा खबर
April 8th, 2022

वीरगन्जमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। पर्सा जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्घाटन, मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरे।

शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको छ। नेपालबाट सात वटै प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा भारत र बंगलादेशका गरी १७ वटा टिमका खेलाडी सहभागी छन्।

नेपालबाट मात्रै १२ टिम, भारतको सिक्किम, दार्जिलिङ, पन्जाब र पन्जाब गरी ४ टिम र बंगलादेशबाट १ गरी कुल १७ टिमका खेलाडीले प्रतियोगितामा भाग लिएको पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए।

खेलाडी, रेफ्री र प्रशिक्षक गरि करिब ३ सय जना सहभागी प्रतियोगितामा ४१ केजीदेखि ७४ केजी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए।
अगामी १४ औं साग खेलकुद प्रतियोगिता र इन्डोनेसियामा हुने १९ औं एसियन खेलकुद प्रतियोगितालाई मध्यनजर गरि वीरगन्जमा ३ वटा देशका खेलाडी सहभागी गराएर अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले बताए।

पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठकै अध्यक्षतामा शुक्रबार आयोजित प्रतियोगिताको समुद्घाटन समारोहमा प्रदेशसभा सदस्य राजेश्वर साह तेली , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, शिक्षाविद् डाक्टर दिपक शाक्य, वडा अध्यक्ष रामनगीना साह कानु, एमाले नेता शीव पटेल लायगतले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*