सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा

हेटौंडा खबर
April 8th, 2022

सन्राइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ ।

यस सुविधा अन्र्तगत सन्राइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् ।

साथै सन्राइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ्ग प्रतिनिधि मार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*