नेपाल र चीनका संसद प्रमुखबीच बैठक जारी

हेटौंडा खबर
April 8th, 2022

अहिले सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ संसद राष्ट्रिय जनकाँग्रेसका प्रमुख ली चाङ्सुबीच भर्चुअल बैठक चलिरहेको छ ।

सिंहदरबारस्थित संघीय ससद सचिवालय र बेइजिङ्गवीच भएको भर्चुअल कुराकानीमा संसद सचिवालयका महासचिव डा.भरतराज गौतम,सचिव गोपालनाथ योगी,सहसचिव डा.रोजनाथ पाण्डे, परराष्ट्र मन्त्रालयका सहसचिव,सभामुखका स्वकीय सचिव सागर केसी,सञ्जय गौतम, श्रीधर न्यौपाने लगायतको सहभागिता छ ।

आज दिउँसो पौने २ बजेदेखि भएको उक्त भेटघाटमा चिनियाँ पक्षबाट प्रमुख लीसहित जनकँग्रेसको स्थायी समितिका महासचिव याङ चेन उ,काँग्रेसमा रहेको चीन नेपाल मैत्री समूहका अध्यक्ष लि फेइ, चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सी फेङले भाग लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*