पत्रकार धमलालाई प्रेस काउन्सिलमै बोलाइयो, स्पष्टीकरण सन्तोषजनक नभएको ठहर

हेटौंडा खबर
April 10th, 2022

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरणका लागि बोलाएको छ।

प्रेस काउन्सिल नेपालको आज बसेको समिति बैठकले धमलालाई थप छलफलका लागि काउन्सिलमै बोलाउने निर्णय गरेको हो। 

धमलाले यसअघि बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि उनलाई  बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले खबरहबलाई बताए। उनका अनुसार सोमबार १२ बजे बयानका लागि बोलाइएको हो ।

 धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन् । चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा काठमाडौँ उत्रिएपछि जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*