‘आरआरआर’ले कमायो १ हजार करोड

हेटौंडा खबर
April 10th, 2022

प्रदर्शनको पहिलो दिनबाटै आक्रामक व्यापार गरिरहेको फिल्म ‘आरआरआर’ले १८औं दिनसम्मको प्रर्दशनबाट १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।

मार्च २४ मा प्रदर्शनमा आएको फिल्मले आइतबारसम्मको कमाईबाट १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।भारतीय बक्सअफिस विश्लेषक चरन आदर्शकाअनुसार आरआरले विश्वव्यापी रुपमा भएको प्रदर्शनमार्फत यो आम्दानी गरेको हो।

योसँगै फिल्म हजार करोड क्लबमा प्रवेश गरेको छ। सँगै फिल्मको निर्माण पक्षले पनि हजार करोड आम्दानी भएपछिको आधिकारिक पोस्टर सार्वजनिक गरेको छ।

एसएस राजमौलीको निर्देशनमा बनेको यो फिल्ममा दक्षिण भारतीय कलाकार जुनियर एनटिआर, राम चरणसँगै बलिउडका अजय देवगण र आलिया भट्टको अभिनय रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*