‘केजीएफ २’ सँग नभिड्ने भन्दै सर्‍यो शाहिद कपूरको फिल्म

हेटौंडा खबर
April 11th, 2022

बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘जर्सी’को प्रदर्शन मिति एक सातापछि सारिएको छ। अमर उजालाका अनुसार अप्रिल १४ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म अप्रिल २२ बाट प्रदर्शन हुने भएको छ।

फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड गर्दै फिल्मका निर्माता अमन गिलले भने, ‘हामीले रगत, पसिना र आँशु बगाएर जर्सी बनाएका छौं। त्यसैले यो फिल्म सबै दर्शकसामु पुग्योस् भन्ने चाहन्छौं। जर्सी अब २२ अप्रिलमा रिलिज हुनेछ।’

अप्रिल १४ मा यश अभिनित कन्नड फिल्म ‘केजीएफः च्याप्टर २’ र विजय अभिनित साउथ फिल्म ‘बीस्ट’ प्रदर्शन हुँदैछ। केजीएफ २ को क्रेज उच्च देखिएपछि शाहिदको फिल्मको प्रदर्शन मिति पछि सारिएको हो।

‘केजीएफ २’को हिन्दी भाषामा १० करोडभन्दा माथिको बुकिङ भैसकेको छ। दिल्ली र मुम्बईमा फिल्मको टिकट भारतीय १५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ। यहि आधारमा फिल्मले पहिलो दिनमै हिन्दी भाषामा ३५ करोड माथिको व्यापार गर्ने आँकलन गरिएको छ।

गौतम तिन्नानुरीले निर्देशन गरेको फिल्म ‘जर्सी’मा अमन गिल, दिल राजू र एस नागा वामसीको लगानी रहेको छ।

क्रिकेटको कथामा निर्माण भएको फिल्ममा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपूरलगायतको अभिनय छ। यो फिल्म साउथको हिट फिल्म ‘जर्सी’को रिमेक हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*