मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो

हेटौंडा खबर
April 12th, 2022

नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ ।

आउँदो जेठ १२ देखि १४ गतेसम्म हुने परीक्षाका लागि आजदेखि अनलाइन फाराम खोलिएको हो । वैशाख २८ गतेसम्म नियमित तथा २९ र ३० गतेसम्म विलम्ब शुल्क तिरेर फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ ।परीक्षा पुलचोक इन्जिनियरिङ कलेजमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*