माओवादी केन्द्रको वेवसाइट उद्घाटन

हेटौंडा खबर
April 12th, 2022

नेकपा माओवादी केन्द्रको वेवसाइट उद्घाटन भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन्। पार्टीको वेवसाइट   वैशाख १ गतेदेखि नियमित सञ्चालनमा आउँने प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आचार्यले बताए।

तत्कालिन नेकपा विभाजन भएपछि माओवादीले आधिकारिक पार्टीको वेवसाइट बनाएको थिए। आइटी क्षेत्रका विज्ञलाई प्रयोग गरेर वेवसाइट डिजाइन गरिएको हो। ‘माओवादी केन्द्रको यसअघि पुरानो वेवसाइट थियो । एमालेसँग एकता भएपछि त्यसलाई नियमित अपडेट गर्न सकेनौ’ आचार्यले भने,‘अहिले पार्टीको आधिकारिक वेवसाइट बनाएको छ । त्यसमा पार्टीका सबै निर्णयहरु, दस्तावेज, पार्टी विभाजन, जनवर्गीय गठन, पार्टी कमिटी सबै समेटेने छौ।’ पार्टीका विषयमा बुझ्न सबै विवरण वेवसाइट भिजिट गरे पुग्नेगरी डिजाइन गरिएको आचार्यले बताए।

यस्तै पार्टी प्रचार तथा प्रकाशन विभागले हप्तामा नियमित पत्रकार सम्मेलन गर्ने भएको छ। अरु आवश्यकता अनुसार पत्रकार सम्मेलन गरिने भएको छ। पत्रकार सम्मेलन गर्न त्यसै अनुसारको कार्यकक्ष समेत व्यवस्था गरिने भएको छ। अब नियमित पत्रकार सम्मेलन वैशाख १ गतेदेखि हप्तामा एक पटक हुने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*