पत्रकार महासंघद्धारा महिला पत्रकारहरुलाई सेनिटरी प्याड उपलब्ध

हेटौंडा खबर
April 13th, 2022

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले अब मकवानपुरका महिला पत्रकारहरुलाई नियमित रुपमा सेनिटरी प्याड उपलब्ध गराउने भएको छ । यसको व्यवस्थापन सन्चारिका समुहले गर्ने छ । आज महासंघमा आयोजित कार्यक्रममा सन्चारिका समूह मकवानपुर अध्यक्ष सम्झना रिजाललाई सेनिटरी प्याड हस्तान्तरण गर्दै सुरुवात गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सस्थापक अध्यक्ष प्रताप विस्ट, उपाध्यक्ष सम्झना कार्की, सन्चारिका समुह प्रदेश अध्यक्ष सरिता दाहाल,प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी मकवानपुर सचिव रुपक कालिराज, प्रेस संगठनका मकवानपुर अध्यक्ष अन्जली थापा, समाजवादी प्रेश संगठनका जिल्ला अध्यक्ष शिव चौलागाईं लगाएतका सन्चारकर्मीहरुको सहभागिता रहेको थियो । निशुल्क दूर्घटना बिमा, उपचार कोष जस्ता सुविधालाई निरन्तरता दिइरहेको महासंघले नियमित रुपमा सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने भएको हो ।

सेनिटरी प्याडको लागि महासंघले औषधी व्यवसायी संघ मकवानपुरसंग सहकार्य गर्न लागेको महासंघका अध्यक्ष मणिराज गौतमले बताए । उनले अब पत्रकारहरुको लागि सुत्केरी खर्च तथा अन्य नयाँ योजनाहरु ल्याउने तयारी गरीरहेको पनि बताए । महिला पत्रकारलाई आवश्यकताको आधारमा नियमित वितरण गर्न सञ्चारिका समूहलाई जिम्मेवारी दिएको अध्यक्ष गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*