त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित कन्हैंया पक्राउ

हेटौंडा खबर
April 13th, 2022

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। म‌ंगलबार इन्डिगो एयरबाट भारतको दिल्ली उड्न लागेका ३२ वर्षिय भारतीय यात्रु कन्हैंया लाल पक्राउ परेका हुन्।

उनको झोला चेकजाँच गर्दा झोलाभित्र हरियो प्लाष्टिकमा नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैयाँसहित उनी पक्राउ परेका हुन्। उनको साथबाट ५०० दरका २१७ थान भारतीय रुपैयाँ, १००० दरका ६१४ थान नेपाली रुपैयाँ, ५०० दरको ८० थान नेपाली रुपैयाँसहित कुल ७ लाख ६२ हजार ५ सय नगद बरामद गरिएको अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

थप अनुसन्धानका लागि उनलाई राजश्‍व अनुसन्धान विभाग हरिहरभवन, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*