केजीएफ च्याप्टर २ : एक हजार करोड कमाउने चौथो भारतीय फिल्म

हेटौंडा खबर
May 1st, 2022

दक्षिण भारतीय फिल्म ‘केजिएफ- च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो।

यश अभिनित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म हो। यसअघि ‘दंगल’ ले दुई हजार २४ करोड, ‘बाहुबली २’ ले एक हजार ८१० करोड र ‘आरआरआर’ ले एक हजार ११५ करोडसम्मको व्यापार गरेको थियो। यी फिल्महरूमा तीन फिल्म दक्षिण भारतीय हुन् भने दंगल मात्रै बलिउड फिल्म हो।

साउथ फिल्मले नयाँ नयाँ रेकर्ड बनाउँदा बलिउड फिल्मको व्यापार भने कमजोर देखिएको छ। ‘केजीएफ २’ को प्रदर्शनबिच बलिउड फिल्म ‘जर्सी’, ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ प्रदर्शनमा आएता पनि राम्रो व्यापार गर्न सकेका छैनन्।

अब बलिउड फिल्मलाई साउथ फिल्मको व्यापारको तथ्यांकसँग तुलना गर्न थालिएको छ। २०२२ मा अमिताभ बच्चनको ‘झुण्ड’, अक्षय कुमारको ‘बच्चन पाण्डे’, आलिया भट्टको ‘गंगुबाई काठियावाडी’, राजकुमार रावको ‘बधाई दो’ रिलिज भएका थिए। तर यी सबै फिल्मको कूल कलेक्शन साउथ फिल्म ‘केजीएफ–२’ को मात्र १५ दिनको कलेक्शनभन्दा कम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*