पार्टीको घोषणपत्र लिएर जनतामाझ जान कार्यकर्तालाई ओलीको निर्देशन

हेटौंडा खबर
May 1st, 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थानीय तहको घोषणपत्र लिएर जनतासामु जान कार्यकर्तालाई निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमालेका प्रतिनिधिहरुलाई बिजयी गराउन आह्वान गरे।

उनलेआवश्यक नरहेको व्यक्तिलाई नभइ एमालेका प्रतिनिधिहरुलाई बिजयी गराउन समेत आग्रह गरे। यसअघि पनि सफा काठमाडौंको अवधारणा र विकासको काम एमाले नै सुरु गरेको भन्दै ओलीले अब महानगरपालिकालाई समृद्ध बनाउने काम पनि एमालेले नै गर्ने दावी गरे।

‘यसअघि पनि सफा काठमाडौंको अवधारणा र विकासको काम एमाले नै सुरु गरेको हो,’उनले भने, अब महानगरपालिकालाई समृद्ध बनाउने काम पनि एमालेले नै गर्छ।’  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले श्रमिकको पक्षमा बोल्ने एमाले पार्टी भएको र कुनै समस्या भए स्पष्ट भन्न आग्रह गरे।

उनले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक नरहेको बताए। उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएको भन्दै उनीहरुको चर्चा गर्न आवश्यक नरहेको उनको भनाइ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*