हेटौंडामा केपी ओली: गठबन्धनको सरकारले चुनाव भाड्न खोजेको छ

हेटौंडा खबर
May 1st, 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले चुनाव भाड्न खोजेको आरोप लगाएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले अझै पनि चुनावको पक्षमा नरहेको भन्दै चुनाव रोक्न खोजिरहेको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन फागुन भित्रै गरिसक्नु पर्नेमा ३० बैसाखमा तोकिएको निर्वाचन पनि रोक्न खोजेको उनले बताए ।

उनले गठबन्धनले रोक्न खोजेको निर्वाचन एमालेको दवावमा कारण ३० बैसाखमा तोकिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*