कृषि विकास बैंकको डलर कार्ड सेवा शुरू

हेटौंडा खबर
May 5th, 2022

कृषि विकास बैक लिमिटेडले डलर कार्डको सेवा शुरू गरेको छ । बैंकले आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा शुरू गरेको हो । उक्त सेवाको शुरूवात वैशाख १५ गतेबाट विधिवत रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गर्र्दै गरेका हुन् ।

उक्त कार्डबाट विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई–कमर्शको माध्यमबाट अनलाईन सपिङ तथा लिन भुक्तानी गर्नका लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सीमा भित्र रहि कारोवार गर्न सकिने  छ ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय, उप–महाप्रवन्धकहरु प्रताप सुबेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा लगायत विभागीय प्रमुखहरू उपस्थिति थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*