अब सातामा शुक्रबार पनि सेयर बजार खुल्ने

हेटौंडा खबर
May 6th, 2022

आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो ।

उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*