भारतमा कोरोनाको चौथो लहरको खतरा

हेटौंडा खबर
May 6th, 2022

पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । अघिल्लो हप्तामाभन्दा १५ हजार सं‌क्रमित फेला परेका थिए। अहिले संक्रमितको संख्या ४१ प्रतिशत बढेको हो।

संक्रमित देखिएका मध्ये भारतका ३ राज्यहरू दिल्ली, हरियाणा र यूपीमा मात्र  ६८% रहेका छन्। दिल्लीमा संक्रमितको संख्या ७% भन्दा बढी छ। डब्ल्यूएचओको नजरमा भारतमा संक्रमण अनियन्त्रित भइसकेको छ । यस्तो अवस्थामा देशमा कोरोनाको चौथो लहर आउने खबर पनि आइरहेका छन्। तर के भारतमा चौथो छाल आउनुको कारण दिल्ली हुनेछ ?

भारतका थप दुई राज्य राजस्थान र मध्य प्रदेशमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । गत हप्ताको तुलनामा राजस्थानमा १५५% र मध्यप्रदेशमा १३२% ले कोरोना संक्रमित बढेका छन्। यसले नयाँ खतराको सङ्केत गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस गेब्रेयससले ओमिक्रोनको उप भेरियन्ट बीए४, बीए५ अझै पनि उत्परिवर्तन भइरहेको बताए। यस्तो अवस्थामा अहिले नै के हुने हो भन्न छिटो भएको उनले बताए।

उनले भने, ‘नयाँ सब-भ्यारिएन्टहरू अन्य ओमिक्रोन सब-भ्यारिएन्टहरूको तुलनामा कति खतरनाक छन् भन्ने अझै अनुसन्धानको विषय हो। ओमिक्रोनको बीए२ भेरियन्ट अझै पनि विश्वव्यापी नयाँ कोरोना केसहरूको सबैभन्दा ठूलो कारण हो। यसका  बीए४ र  बीए५ को सब भेरियन्टका कारण दक्षिण अफ्रिकामा पनि कोरोनाका केसहरू बढिरहेका छन्। धेरै देशमा कोरोना भाइरस उत्परिवर्तन हुँदैछ। त्यसैले अब के हुन्छ थाहा छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*