उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी नै खारेज

हेटौंडा खबर
May 8th, 2022

स्थानीय चुनावको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लघंनका घटना बढेपछि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ।

स्थानीय चुनावको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लघंनका घटना बढेपछि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ। उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ। सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो।
टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झन्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ।

उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्ने गरी टोली परिचालन भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनले भने, ‘‘स्थलगत रूपमा कारबाही गर्न सक्छ। आचारसंहिता उल्लङ्घनको प्रकृति हेरेर उम्मेदवारी खारेजको हदसम्म टोली जान सक्छ।’’

उनीहरूलाई शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई रहेको बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*