कांग्रेसको चर्को आलोचना गर्दै ओलीले मागे भोट

हेटौंडा खबर
May 8th, 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमाले बाहेकका दलसँग भिजन र कार्यक्रम नरहेको भन्दै आफ्नो पार्टीलाई भोट हाल्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले देश र नागरिकलाई पिरोलेको आरोप ओलीले लगाए ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरबाट मतदातालाई अपिल गर्दै अध्यक्ष ओलीले देशका अहिलेका समस्या समाधान गर्न एमाले मात्र समक्ष रहेको दाबी गरेका हुन् ।

नेपाली कांग्रेसको चर्को आलोचना गर्दै ओलीले कांग्रेसले देशलाई गरीबी र विपन्नतामा राखेर शासन गर्न खोजेको आरोप लगाए ।

‘नेपाली कांग्रेस एमालेले ल्याएका एजेन्डालाई मजाक भन्छ, किन नभनोस्, कांग्रेस देशलाई गरीब, विपन्नतामा राखेर शासन गर्न खोज्छ,’ ओलीले भने, ‘एमालेले सामान्य विकासको कुरा मात्र गर्दैन, सबै नागरिकलाई विकसित देशका नागरिकले गरेजस्तो सुविधा उपयोग गर्ने देश बनाउन चाहन्छौं ।’

राणा, राजा र कांग्रेसको सरकारले कहिलै देशलाई विकास नगरेको ओलीले आरोप लगाए । ‘विगतमा राजासँग घाँटी जोडिएको भन्ने कांग्रेसले अहिले दक्षिणपन्थी अवसरवादीसँग घाँटी जोडेर सरकार चलाएको छ,’ ओलीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*