नेपाल र जिम्बाब्बे ‘ए’ बीचको निर्णायक खेल ३३ ओभरको

हेटौंडा खबर
May 9th, 2022

नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो।तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र हुनेछ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार टस १२ बजे हुनेछ भने खेल साढे १२ बजे सुरु हुनेछ । यस्तै खेल ३३ ओभरको हुने जनाइएको छ ।नेपाल र जिम्बाब्बे ए बीचको तीन एकदिवसीय सिरिज १-१ को बराबरी अवस्थामा छ।

पहिलो खेलमा जिम्बाब्बे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो।अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ।

यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*