रुसी आक्रमणमा २२६ युक्रेनी बालबालिका मारिए

हेटौंडा खबर
May 9th, 2022

रुसी आक्रमणमा कम्तीमा २२६ युक्रेनी बालबालिका मारिएको सरोकारवालाहरूले दाबी गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म २२६ युक्रेनी बालबालिका मारिएको सोमबार त्यहाँका सरोकारवालाहरूले दाबी गरेका हुन्।युक्रेनको जनरल प्रोजिक्युटर्स कार्यालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत सो दाबी गरेको हो। कार्यालयका अनुसार हालसम्म कम्तीमा २२६ बालबालिका मारिएका छन् भने ४१५ भन्दा बढी बालबालिका घाइते भएका छन्। मारिनेमा सबैभन्दा बढी बालबालिकामा डोनेस्क (१३९), कियभ (११६) र खार्किभ (९९) क्षेत्रका रहेका छन्।

यद्यपि, कार्यालयले जारी गरेको सो तथ्यांकबारे पुष्टि भने भई नसकेको अलजजिराले जनाएको छ। युक्रेनमाथिको रुसको आक्रमण अझै टुंगिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*