एकैपटक ७ सय रूपैयाँ घट्यो सुनको भाउ

हेटौंडा खबर
May 10th, 2022

मंगलबार सुन-चाँदीको भाउ घटेको छ।

आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*