देउवाले गरे मतदातालाई अपिल

हेटौंडा खबर
May 10th, 2022

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गरेका छन् ।

देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूल मन्त्र भएको भन्दै रुखमा मतदान गर्न मतदातालाई अपिल गरेका हुन् ।

कांग्रेसको नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको उनले उल्लेख गरेका छन् ।

संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपश्चात् पाँचदलीय गठबन्धन बनेको उनको भनाइ छ ।

उनले यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्था भएको स्पष्टीकरण दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*