प्रधान सेनापति शर्माले लिए ‘सफा हिमाल अभियान’को प्रगति विवरण

हेटौंडा खबर
May 10th, 2022

प्रधान सेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०२२’ लागि खटिएका टोलीहरूबाट हालसम्म भएका कार्य प्रगति विवरणका बारेमा जानकारी लिएका छन् ।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप सेनाको अगुवाइमा चैत २२ बाट सञ्चालन भइरहेको सफा हिमाल अभियानमा खटिएका क्याम्पेन लिडरहरूसँग भिडियो टेलिसञ्चारमार्फत कुराकानी गर्दै प्रधानसेनापति शर्माले जानकारी लिएका हुन् ।

अतिरिक्त भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी विषम परिस्थितिमा सेनाका सकल दर्जाले गरिरहेको कार्यहरूको उच्च मूल्याङ्कन गर्दै प्रधानसेनापति शर्माले तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमा नै सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।

टोलीले यसपालि सगरमाथा÷ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाइ गरिरहेको छ ।

सोही क्रममा मौसम पूर्वानुमानलाई मध्यनजर गरी वैशाख २४ मा  ५ः५० मा सह–सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले सेनाको तर्फबाट पहिलोपटक कञ्चनजंघा हिमाल (८५८६ मि.) को सफल आरोहण गरेकोमा आरोहीहरूलाई प्रधानसेनापति शर्माले विशेष धन्यवादसमेत दिएका थिए ।

साथै, “सफा हिमाल अभियान २०२२” मा खटिएका सेना तथा सेवा प्रदायकका टोलीहरूले हालसम्म चारवटा हिमालबाट २, हजा ६० केजी कुहिने फोहोर संकलन गरेको छ भने १४ हजार ९४० केजी नकुहिने फोहोर संकलन गरको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*