बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

हेटौंडा खबर
May 12th, 2022

नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ।

‘नर्सहरु : नेतृत्व गर्ने एउटा आवाज – नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्चित गर्न अधिकारहरुको सम्मान गरौं’ नारासहित यो दिवस मनाउन लागिएको हो।

नेपाल नर्सिङ परिषदको तथ्यांकअनुसार नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्स छन्।

विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एउटै नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपरेको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*