पूर्व राजा ज्ञानेन्द्र र परिवारका सदस्यले मतदान गरेनन्

हेटौंडा खबर
May 13th, 2022

स्थानीय तह निर्वाचन अन्तर्गत मुलुकभरका ७५३ वटै स्थानीय तहमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार मतदाताले उत्साहजनक रुपमा मताधिकारको प्रयोग गरेका छन्।

शुक्रबार बिहानै शीर्ष नेताहरुले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

पूर्व राजा शाहले मात्रै नभएर परिवारका कुनै पनि सदस्यले मतदान नगरेको पूर्व राजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।

‘सरकारले मताधिकार प्रयोग गरिबक्सेको छैन,’ पाठकले डिसी नेपालसँग भने, ‘मौसुफसहित परिवारका सदस्यले मतदान गरेको मेरो जानकारीमा छैन।’

राजगद्दी परित्याग गरेकाे लामाे समयसम्म पनि पूर्व राजपरिवारका सदस्यले मतदान गर्ने गरेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*