भोट हाल्न गएका नेपालमाथि दुर्व्यवहार

हेटौंडा खबर
May 13th, 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ।

रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्।नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो।

नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए। नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*