संसद भवनको गेटमा अज्ञात व्यक्तिले एलपीजी ग्यासमा आगो लगाएर हिँडेपछि…

हेटौंडा खबर
May 13th, 2022

नयाँ बानेश्वरस्थित संसद भवनको गेट १ मा एलपीजी ग्यास विस्फोट भएको छ।

अज्ञात समूहले बिहीबार मध्यरातमा ग्यासमा आगो लगाइ हिँडेको र केही क्षणमै उक्त ग्यास पड्किएको प्रहरीले जनाएको छ।

ग्यास विस्फोट भएपछि मानवीय क्षति नभए पनि आसपासका घरहरुको सीसामा क्षति पुगेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनाललीले बताए।

‘अज्ञात व्यक्तिले बिहीबार मध्यरातमा खाना पकाउने एलपीजी ग्यास ल्याइ आगो लगाइदिँदा विस्फोट भएको हो।

विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि आसपासका घरहरुको सीसामा क्षति पुगेको छ,’ अन्नपूर्णसँग उनले भने।

उनले संसद भवनको गेट १ मा पर्चा भेटिए पनि कुन समूहको हो भनेर नखुलेको बताए।

ग्यास राखेर फरार रहेका व्यक्तिको खोजीकार्य तीव्र पारिएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*