इन्द्रसरोबर गाउँपालिका वडा नम्बर-१ मा कांग्रेसको प्यानल नै बिजयी
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर-१ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।
एक नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मत सहित बिजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाए । यस्तै वडा सदस्यहरुमा नेपाली काग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिग,गोमा लामा बिजयी भएका छन् भने दलित तर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्बसम्मत भएकी थिईन ।


