सातामा सय अंकले बढ्यो नेप्से

हेटौंडा खबर
May 16th, 2022

अघिल्लो साता २ हजार २ सय ३८ सम्म ओर्लिएर बढ्न सुरू गरेको नेप्सेले गत साता १ सय ११ अंक जोड्यो। गत साता लागातार बढिरहेको नेप्से अन्तिम दिन भने १८ अंकले घटेको थियो।

नेप्से वृद्धिको प्रयासमा देखिदा लगानी भने बढेको छ। अघिल्लो साता ३ दिन कारोबार भएको बजारमा दैनिक औसत कारोबार एक अर्ब ४४ करोड रहेकोमा गत साता यस्तो कारोबार एक अर्ब ७१ करोड रह्यो। गत साता भरीमा भने ८ अर्ब ५६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भयो।

बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचनको कारण बैंकिङ प्रणालीमा अनौपचारिक क्षेत्रको पैसा भित्रिने अपेक्षामा निक्षेपको ब्याजदर नबढाएपछि सेयर लगानीकर्ताहरू पनि आशावादी बनेका छन्।

पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको कर्जा योग्य पुँजी अभावकै समस्याका कारण सेयर बजार समेत प्रभावित भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*