हराएको जहाजको खोजी जारी, पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइयो

हेटौंडा खबर
May 29th, 2022

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ‘अल्फा इको ट्यांगो’ कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनले भने,’हामीले खोजी कार्यलाई तीव्रता दिइरहेका छौं । स्थल र हवाइ मार्गबाटै खोजी गरिरहेका छौं । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । हामीले त्यही अनुसार लोकेसन ट्रेसिङ गरिरेहका छौं ।’ धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*