कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

हेटौंडा खबर
May 29th, 2022

 आगामी आर्थिक वर्षको बजेटमा कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ।

अर्थमन्त्री शर्माले आज संसद्मा सार्वजनिक गरेको बबजेटमा यो कुरा उल्लेख छ। बजेटमा उल्लेख छ, ‘आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि राष्ट्रिय अभियान वर्ष हुनेछ।

नेपालको ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रुपमा विकास गरिनेछ। कृषि आधुनिकीकरण परियोजनामा ५ अर्ब ९० करोड विनियोजन गरिएको छ।’ कृषकहरूलाई सरल र सहज रुपमा बीउ, मल, सिंचाईलगायतका सुविधा उपलब्ध गराइने पनि बजेटमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*