विद्यार्थी सहुलिएताका लागि चलचित्र विकास शूल्कमा ५० प्रतिशत छुट

हेटौंडा खबर
May 30th, 2022

सरकारले चलचित्रमा विद्यार्थी सहुलिएताका लागि चलचित्र विकास शूल्कमा छुट दिने भएको छ । सरकारले नेपालको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्यन गर्न बनेको ऐन २०७९ मार्फत यस्तो व्यबस्था गरेको हो ।

विद्यार्थीवर्गको सहुलियतको लागि शनिबार बिहान ८ बजेको र सार्वजनिक बिदा परेका दिनको बिहान ८ बजेको चलचित्र प्रदर्शनमा चलचित्र विकास शुल्कमा पचास प्रतिशत छुट दिने व्यबस्था गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा चलचित्रको प्रदर्शनमा चलचित्र घरले प्रदर्शन गर्ने विदेशी चलचित्रको सबै श्रेणीको प्रवेश शुल्कमा पन्ध्र प्रतिशत चलचित्र विकास शुल्क असुल गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*