माओवादी केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने

हेटौंडा खबर
June 2nd, 2022

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ।

स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक शुक्रबार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । शुक्रबार बेलुका ६ बजे एजेण्डासहित आ–आफ्नो ठाउँमा भर्चुअल बैठक बस्ने भएको हो ।

बैठकमा कुन–कुन एजेण्डा समावेश गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यलाई उपलब्ध नगराएको सापकोटाले बताए । तर नेताहरुले स्थानीय तह निर्वाचन समीक्षा, केन्द्रीय समितिको पूर्णता र एमसीसीको  विषयमा छलफल हुने बताएका छन् । बुधबार बिहीबार नवनिर्वाचित स्थानीय तह प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रमले समेत केन्द्रीय समिति बैठकलाई सहयोग पुग्ने देखिएको छ ।

त्यहाँ धेरै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो तितो मिठो अनुभव समेत सुनाएका छन्। शुक्रबारको भर्चुअल बैठक सकिएपछि पार्टी पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो,मधेस प्रदेशको पूर्ण र जनवर्गीय संगठनलाई समेत पूर्णता दिने विषयमा गृहकार्य हुने बताएको छ । पार्टी कमिटी र जनवर्गीय संगठनले पूर्णता पाएमा आगामी असार १५ गते भौतिक रुपमा उपस्थित भई केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*