अब फेरि आइतबार सेयर बजार खुल्ने

हेटौंडा खबर
June 7th, 2022

सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा जेठ २४ गते फिर्ता लिएसँगै सेयर बजारमा पनि शुक्रबार नियमित कारोबार नहुने सम्भावना बढेको छ।

नेप्सेका एक अधिकारीका अनुसार सम्भवतः पुरानै व्यवस्था अनुसार आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने विषयमा छलफल भइरहेको हो।

सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा जेठ २४ गते फिर्ता लिएसँगै सेयर बजारमा पनि शुक्रबार नियमित कारोबार नहुने सम्भावना बढेको छ।

नेप्सेका एक अधिकारीका अनुसार सम्भवतः पुरानै व्यवस्था अनुसार आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने विषयमा छलफल भइरहेको हो। यसअघि अन्य दिन एक पटकमा न्यूनतम १० कित्ता सेयर कारोबार गर्न सकिने र शुक्रबार भने सोभन्दा कम सेयरको पनि कारोबार गर्न सकिने व्यवस्था थियो। तर २०७३ यता भने नियमित कारोबारमै १ कित्तासम्म सेयर किन्न सकिने व्यवस्था भएसँगै शुक्रबार अडलट कारोबार हुन छाडेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*