मकवानपुर गोल्डकप- पुलिसलाई हराउँदै ‘विजय युथ क्लब हेटौंडा’ फाइनलमा प्रवेश

हेटौंडा खबर
June 10th, 2022

हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा घरेलु टोली विजय युथ क्लब हेटौंडा विजयी भएको छ ।

नेपाल पुलिसलाई १–० गोलले हराउँदै विजय युथ फाइनल प्रवेश गरेको हो । घरेलु टोली विजय युथका विदेशी खेलाडी पेपेले खेलको दोस्रो हाफको छैठौं मिनेटमा गोल गरे । उनको गोल नै आजको खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच पेपे घोषित भए।

सेमीफाइनल अन्तर्गतको अर्को खेल भोलि क्यामरुनको एभिनियर एफसी र त्रिभुवन आर्मी फुटबल क्लब बीचको हुने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*