हेटौंडा क्याम्पसमा छात्रामाथि दुर्व्यवहार भएको भन्दै अनेरास्ववियूको ध्यानाकर्षण

हेटौंडा खबर
July 19th, 2022

हेटौंडामा परिक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।

मंगलबार हेटौंडा-४ स्थित हेटौंडा क्याम्पसमा बि.एड. दोस्रो वर्षको परिक्षा दिन आएका मकवानपुर बहुमुखी क्याम्पसका २ विद्यार्थीलाई प्राध्यापकबाट दुर्व्यवहार भएको र चिट ल्याएको भन्दै भित्री वस्त्रसमेत खोल्न लगाएको विद्यार्थीहरुले आरोप लगाएका छन् । यसै विषयलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर जिल्ला कमिटिले एक विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्ववियु जिल्ला अध्यक्ष अरुण बर्तौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राहरुमाथि त्यहाँको क्याम्पस प्रशासनले चिट ल्याएको भन्ने आधारमा त्यसको नरिक्षण गर्ने नाममा छात्राहरुलाई पुलिसको हवाला दिदै निवस्त्र सम्म पारियो भन्ने खबरप्रति हाम्रो ध्यानाकर्षण भएको छ,। हामी हेटौंडा क्याम्पसलाई यस कुराको सत्य तथ्य छानबिन गर्न र सत्य कुरा बाहिर ल्याउन जोडदार माग गर्दछौं ।

स्ववियूले घटनामा संलग्न दोषिलाई कानुनी दायरामा ल्याउन र कडा कारबाही गर्न माग गरेको छ ।