हेटौंडामा आगलागी- नियन्त्रणमा लिने प्रयास जारी

हेटौंडा खबर
June 26th, 2025

हेटौंडा उपमहानगरपालिका-५ भैरबरोड स्थित नेपाल विद्युत प्राधिकरणमा भएको आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ  । प्राधिकरणको भण्डारण कक्षमा आगलागी भएको हो  ।

विद्युत सर्ट भएर आगलागी भएको वडा प्रहरी कार्यालयले जनाएको छ  । नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याउने प्रयास भैरहेको छ  ।

भण्डारण गरी राखिएको विद्युतीय सामग्री जलेर नष्ट भएका छन् भने आगलागीबाट भएको क्षतीको विवरण आउन बाकी छ  ।