गठबन्धनको बैठक सारेर गण्डकी कांग्रेसका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

हेटौंडा खबर
April 19th, 2022

पोखरा महानगरपालिकाको उम्मेदवारीका विषयमा तालमेल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गण्डकीका नेताहरुलाई काठमाडौँ बोलाएका छन्।

प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापालाई काठमाडौं बोलाएका हुन् । पोखरा महानगरपालिकाका बारेमा पाँच दलीय गठबन्धन अनिर्णित भएपछि अहिले साढे ११ बस्ने तय भएको गठबन्धनको बैठकसमेत सरेको छ ।

पोखरामाथि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ भने कांग्रेस गण्डकीले छाड्न नहुने अडान लिइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*