तोलामा १५०० ले घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला एक हजार पाँच रुपैयाँले घटेको जानकारी दिएको हो।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँ थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ। तोलाको ३५ रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ।


