नेपाल आउँदै अमेरिकी सांसदको प्रतिनिधिमण्डल

हेटौंडा खबर
April 20th, 2022

अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरूले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन्।सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउन लागेका हुन्।

यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरू आगामी आइतबारसम्म नेपालमा रहनेछन्।अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उनीहरूले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको छ।

नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा कंग्रेसनल प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

सिनटेर कोरी बुकरको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेसनले पोल्याण्ड, संयुक्त अरब इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेको छ।यस भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ।

नेपालले संयुक्त राष्ट्रसङ्घको वडापत्रअनुसार युक्रेनमाथिको रुसको आक्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भागसमेत लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*