निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र

हेटौंडा खबर
April 20th, 2022

स्थानीय तहको चुनाव नजिकिएसँगै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा अवस्था चुस्त पार्न परिपत्र गरेको छ। मन्त्रालयले मंगलबार सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।

मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्नु गृहले पुनः पत्र पठाएको हो। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागू गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ।

मन्त्रालयले तयार पारेको सुरक्षा गाइडलाइनअनुसार सुरक्षा चुस्त पार्न सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिएको पोखरेलले बताए। ‘चुनावी सुरक्षा योजना लागू गर्ने विषयमा ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेका छौँ,’ उनले भने, ‘सोहीअनुसार अब चुनावी सुरक्षा योजना लागू हुन्छ।’ गृहले चुनावी मिति तोकिएलगत्तै सुरक्षा रणनीति तयार पारेको थियो । मंगलबारदेखि लागू हुने गरी चुनाव सकिएपछि विजयी भएका जनप्रतिनिधिले विजयी उत्सव मनाउँदासम्म प्रशासनले चुनावी सुरक्षा गाइडलाइनअनुसार काम गर्नेछन्।

चैत १० गते सरकारले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको थियो। सोही ‘गाइडलाइन’ अनुसारको सुरक्षा व्यवस्था लागू गर्न जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*