आईतबारदेखि मनोनयन दर्ता, दललाई भने उम्मेद्‍वार टुंग्याउनै सकस

हेटौंडा खबर
April 22nd, 2022

आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्‍वारको टुंगो लगाउन सकेका छैनन् ।

निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनोनयन दर्ता हुनेछ । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्‌वारको टुंगो लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेद्‍वार टुंग्याउने घोषणा गरेको छ ।

नेपाली कांग्रेसले मुख्यतः महानगर र उपमहानगरमा उम्मेद्‌वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहोर्‍याउने जनाइरहेका बेला नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन् ।

हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दवाव बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*