निर्वाचन सामग्री ढुवानी गर्ने गाडीमा जीपीएस सिस्टम

हेटौंडा खबर
April 22nd, 2022

निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । निर्वाचन सामग्री ढुवानीको सुरक्षाका लागि आयोगले गाडीमा जीपीएस सिस्टम जडान गरेको हो ।

बिहीबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सामग्री ढुवानी गर्ने सवारीसाधनमा ट्रयाकिङ सिस्टम राखिएको बताए ।

‘निर्वाचन आयोगका कर्मचारीको मोबाइलमा सिस्टम हुन्छ,’ उनले भने, ‘त्यसबाट सामान कहाँ पुग्यो, पुग्नुपर्ने ठाउँमा पुग्यो की पुगेन ट्रयाकिङ हुन्छ ।’आयोगले सातै प्रदेशमा निर्वाचन सामग्री ढुवानी गर्न फरक फरक ढुवानी व्यवसायी छनोट भएका छन् । मतपत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले मतपत्रको सुरक्षा सेनाबाट हुने व्यवस्था मिलाएको छ ।

त्यस्तै निर्वाचन सामग्री ढुवानी हुने गाडीमा एकजना आयोगका कर्मचारी समेत खटिएका छन् । निर्वाचन सामग्री ढुवानीका लागि गृह मन्त्रालय मार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले बिहीबारदेखि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन सुरू गरेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*