चौध लाख २१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १४ लाख २१ हजार ५ सय ३४.११९१ कित्ता शेयर सूचीकृत भएको छ । एक लघुवित्त कम्पनीको बोनस शेयर र एक जलविद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यसैक्रममा सहकार्य लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ३० प्रतिशत बोनस बापतको ५ लाख २८ हजार ५ सय ९.११९१ कित्ता शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
त्यस्तै छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ३० प्रतिशत हकप्रद बापतको ८ लाख ९३ हजार २५ कित्ता शेयर विहीबार नेप्सेमा सूचीकृत भएको हो ।


