मदनको शालिक ढाल्नेलाई कारवाही हुने

हेटौंडा खबर
April 22nd, 2022

मकवानपुरको हेटौँडा उप-महानगरपालिकामा मदन भण्डारी र जीवराज आश्रितको शालिक ढालिएको छ ।

उपमहानगरको वडा नम्बर ९ स्थित निर्माणधिन अवस्थामा रहेको दिव्य बाल उद्यानमा रहेका शालिक गयराती अज्ञात समूहले तोडफोड गरेको हो ।आज बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएकाे अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको तथा आश्रितको पूरै शालिक गल लगाएर उखेलेर फालिएको छ ।

हालसम्म शालिक कस्ले र किन तोड्यो भन्नेबारे खुलेको छैन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । उपमहानगरपालिका मेयर हरिबहादुर महतले यसबारे अनुसन्धान भैरहेको र घटनाका दोषीलाई कारवाही गरिने बताएका छन् । पार्कमा भएका अन्य संरचना यथावत रहेको जानकारी दिँदै उनले दुई जनाको शालिक तोडिनु अचम्मको बिषय भएको उनले बताए ।

सो बाल उद्यानमा भगवान गौतम बुद्धको शालिक पनि रहेको छ । जसमा क्षति नआएकाले भण्डारी र आश्रितका विचार नरुचाउने अराजक तत्वले नैतिकताहीन कार्य गरेको महतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*