देशभर उम्मेदवारी मनोनयन सुरु

हेटौंडा खबर
April 24th, 2022

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको मिति तोकेको छ।

आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उम्मेदवारी मनोनयन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। आज र भोलि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*